भारतीय नागरिकले झुटो विवरण पेस गरी प्राप्त गरेको नेपाली नागरिकता खारेज
प्रकाशित मिति
२०७६ असार १३ गते, शुक्रबार ०६:४९
भारतीय नागरिकले झुटो विवरण पेस गरी प्राप्त गरेको नेपाली नागरिकता खारेज भएको छ ।पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले झुटो विवरण पेस गरी लिएका भारतीयको नेपाली नागरिकता रद्द गर्ने र ती कार्यमा संलग्न व्यक्तिहरुलाई समेत कानुनी कारबाही गर्ने निर्णय बैठकले गरेको छ।
सिंहदरबारमा बिहीबार आयोजित मन्त्रिपरिषद्मा भएको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ५ जना भारतीयको नेपाली नागरिकता खारेज गरिदिएको जानकारी दिए ।
विभिन्न जिल्लाबाट झुटो विवरण पेस गरी भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजयकुमार ठाकुर, यमुना सिंह र कृपाली सिंहले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय सरकारले गरेको हो ।
उनीहरुमध्ये भारतीय नागरिक जीवनकुमारले सप्तरी जिल्ला प्रशासन कार्यालयबाट, धर्मेन्द्र र अजयले धनुषाबाट र यमुना र कृपालीले रौतहटबाट नागरिकता लिएको सरकारले विवरण सावर्जनिक गरेको छ ।
२० निर्णयहरु









प्रतिकृया