चितवनमा विश्व कप क्रिकेटको बाजी खेलाउने एक युवा नगदसहित पक्राउ
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार १२:३२
चितवनमा विश्व कप क्रिकेटको बाजी खेलाउने एक युवा लाखौं नगद तथा सामानहरुसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका—८ घर भई हाल भरतपुर महाँनगरपालिका—३ मा डेरा गरी बस्ने मुकेश कुमार साह रहेका छन् ।
विभिन्न ठाउँहरुमा लुकिछिपि बिश्व कप क्रिकेट खेलको व्यापक सट्टेबाजी भई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाको कमाण्डमा खटिएको बिशेष टोलीले साहलाई पक्राउ गरेको हो ।
अन्य व्यक्तिहरुलाई पनि आवद्ध गराई एक आपसमा वाजी थाप्न लगाई क्रिकेट सट्टेबाजी गराई रहेको अवस्थामा उनलाई आफ्नै कोठाबाट फेला पारी पक्राउ गरिएको बताइएको छ ।
उनीबाट सट्टेबाजी गर्ने तथा गराउने कार्यमा प्रयोग गरेको ६ वटा मोवाईल र नगद ३ लाख ४५ हजार ५६ रुपयाँ बरामद गरिएको छ ।
उनलाई आवस्यक अनुसन्धानका आगि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।






प्रतिकृया