लागू पदार्थ विरुद्ध राजधानीमा वृहत र्याली
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार १२:२३
आज अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति ले युवा संगठनको प्रमुख आयोजनामा गौशाला–बानेश्वर क्षेत्रमा वृहत चेतनामुलक र्याली निकालिएको छ ।
प्रत्येक बर्ष सचेतनामुलक कार्यक्रम गर्दै आएको ¥यालीमानेपालदशनामी युवा समिति, महानगरिय प्रहरी वृत गौशाला तथा सामुदायिक सेवा केन्द्र गौशाला क्षेत्रकोसमेत सहभागिता रहेको थियो ।
समाजमा युवाहरु लागुपदार्थ तथा कुलतको दल–दलमा फसेकोले चेतनामुलक जागरण गराउन आवश्यक देखिएकोले ¥याली निकालिएको समितिका बागमती क्षेत्रप्रमुख महात्मा लता बाइजीलेबताउनु भएको छ । भविष्यका कर्णाधार मानिने युवाशक्तिलाई सकारात्मक मार्गमा डो¥याउन आज ठुलो चुनौतिको रुपमा रहेको अवगत गराउदै संगठनले युवा लक्षित विभिन्न आध्यात्मिक–सामाजिक कार्यक्रम गर्र्दै आएको बताउनु भएको छ ।
साथै समितिले विगत पाँच दशक भन्दा लामो समय देखि सनातन धर्मको संरक्षण, सबद्र्धन र प्रवद्र्धन गर्दै आएको छ ।
(फोटो फिचर)









प्रतिकृया