• १८ भदौ २०८३, बिहीबार
  • १२ः४७ दिउँसो

उपचारका क्रममा बिरामीको मृत्यु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १२:२३

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ। अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा आफन्तले विरोध गरेपछि तनाव उत्पन्न भएको हो।

बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको थियो।

Kamana Sewa

मृतकका आफन्तले श्ययाबाट शव उठाएका छैनन्। बिरामीको ज्यानै जानेगरी भएको अस्पतालमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग गर्दै आफन्तले अस्पताल परिसरमा बसेर विरोध जनाएका छन्।

Classic Tech Desktop

काँपेर ज्वरो आउने, पखाला लाग्ने र पिसाबमा समेत समस्या देखिएपछि शनिबार प्रतिष्ठानमा भर्ना गरिएको थियो। तर बिरामी गएरातिदेखि झन् सिकिस्त भएपछि उपचारका लागि कुनै स्वास्थ्यकर्मीले चासो नदेखाएर बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुले बताए।

उनका अनुसार गएराति १ बजे पिसाब बन्द भएको थियो। तर त्यहाँ कार्यरत नर्सले चासो नदिएको र चिकित्सकसमेत नआएपछि आज बिहान ८ बजे बिरामीको मृत्यु भएको मृतकका श्रीमान् सारुले जानकारी दिए।

अस्पतालका डा जीतनारायण यादवले पखालासँगै बिरामीको रक्तचाप कम भएका कारण मृत्यु भएको बताए। उनले भने, “बिरामीको मिर्गाैलामा समस्या देखिएको थियो । पखाला लाग्ने र रक्तचाप पनि कम भएका कारण मृत्यु भएको हुन सक्छ ।

स्वास्थ्य खबरपत्रिका बाट !

प्रतिकृया