• ३ भदौ २०८३, बिहीबार
  • ४:२३ बिहान

विश्वकपमा बंगलादेशको तेस्रो जित, अफगानिस्तान आउट

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १०:०६

सकिव अल हसनको अलराउण्ड प्रदर्शनका कारण बंगलादेशले आइसीसी एकदिवसिय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । यो हारले अफगानिस्तान विश्वकपबाट बाहिरीएको छ ।

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।

Kamana Sewa

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै शकि अल हसनले ५१ रनको अर्धशतकीय योगदान दिए । यस्तै तमिम इकबालले ३६ बनाए । मोसादेक हुसेनले पनि आक्रामक ३५ रन जोडे । उनले २४ बलमा चार चौका प्रहार गरेका थिए । महमुदुल्लाहले २७ रन बनाए।

Classic Tech Desktop

बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले तीन विकेट लिए भने गुलाबदिन नाइबले दुई तथा दवलत जद्रान र मोहम्मद नाबीले एक एक विकेट लिए ।

जवाफमा अफगानिस्तान ४७ ओभरमा २०० रनमा अलआउट भयो । अफगानिस्तानका लागि कप्तान गुल्बादिन नेइबले ४७ रन बनाउदा रहमत शाहले २४ रन बनाए । उसका मध्यक्रमका खेलाडी हस्मतुल्लाह साहिदी ११, अस्घर अफगान २० तथा मोहम्मद नाबीले खाता खोल्न सकेनन् । जसका कारण उसले एक सय १७ रनमा पाँच विकेट गुमायो ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । इक्राम अलखिल ११ रनमा आउट हुँदा नजीबुल्लाह जार्दन २३ तथा रासिद खान मात्र दुई रनमा पेभेलियन फर्किए । यस्तै दवालात जार्दनले खाता खोल्न सकेनन् । उसका समिएल्लाह सिनवारीले अविजीत ४९ रन बनाए । बलिङमा सकिव अल हसनले ५ विकेट लिए ।

जितसँगै ब‌गलादेशले सात अङ्क बनाएको छ । यसका साथै उसले सुपरसिक्सको सम्भावना पनि बलियो बनाएको छ ।

प्रतिकृया