• १ असोज २०८३, बिहीबार
  • ८ः४४ राती

विप्लव बन्दका कारण देशभरको जनजीवन प्रभावित, भक्तपुरमा पनि असर

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०७:५७

भक्तपर, नेत्रविक्रम चन्द ’विप्लव’ नेतृृत्वकोे समूहको आब्हानमा भएको नेपाल बन्दको प्रभाव सीङगो देशमा परेको छ । देशका विभीन्न स्थानमा नेपाल बन्दको प्रभाब परीरहदा भक्तपुर क्षेत्रमा पनि यसको असर देखीएको छ । यस क्षेत्रका विद्यालय तथा क्याम्पसहरु बन्द छन् । सवारी साधन अरु दिनको तुलनामा कम चलीरहेका छन् ।

National Life


बन्दको समयमा कुनै घटना नहोस भनेर चोकहरुमा नेपाल प्रहरी तथा ट्राफीक प्रहरीको टोली परिचालन गरिएको छ । देशका मुख्य राजमार्गमा भाडाका सवारी साधन चलेका छैनन् ँसर्लाहीमा आपनो पार्टी कार्यकर्ताको हत्या भएको विरोधमा चन्द नेतृत्वको नेकपाले बन्द आब्हान गरेको हो । बन्द आब्हानका कारण, विराटनगर, इटहरी, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल,दाङ, धनगढी, महेन्द्रनगर लगायतका स्थानको पनि जनजीवन प्रभावित भएको बताइएको छ ।

यस्तै काठमाडौ उपत्यकामा पनि बन्दको असर परेको छ । उपत्यका भित्रने र बाहिरिने सवारी साधनमा पनि कमि आएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया