• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

सेयरबजार ५.७५ अंकले बृद्धि, उच्च कारोबार गर्यो शिवम् सिमेन्टले

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०३:१३

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मापक नेप्से उक्त अंकले बढेर १२६०.१० अंकमा आइपुगेको छ । लगातारको गिरावटपछि सेयरबजार परिसूचक ५.७५ अंकले बढेको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि आज १.४३ अंकले बढेको छ। कुल १ सय ७३ कम्पनीको कारोबार भएकामा ४८ करोड १४ लाख ९२ हजारको मात्रै सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज बजारमा १५ लाख कित्ता सेयर किनबेच भएका छन्।

National Life

आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ सय ६० रुपैयाँको दरमा ५ करोड १८ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। त्यसपछि धेरै कारोबार हुने कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। कम्पनीको २ करोड ६० लाखको, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रोमोटर सेयरको २ करोड ५६ लाखको, डिप्रोस्क लघुवित्त वित्तीय संस्थाको २ करोड ११ लाखको, नेपाल बैंक लिमिटेडको २ करोडको, प्रभु बैंकको १ करोड ६९ लाखको, कृषि विकास बैंकको १ करोड ५३ लाखको र एनआईसी एसिया बैंकको १ करोड ३९ लाखको सेयर किनबेच भएका छन्।

आजको कारोबारमा धेरै आम्दानी गर्ने कम्पनी भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेको छ भने गुमाउने कम्पनीको सूचीमा मल्टिपर्पोस फाइनान्स कम्पनी अग्रपंक्तिमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया