• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम : नगरबासीको उज्जवल भविष्यको मार्गचित्र कोर्ने

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०३:२१

चाँगुनारायण नगरपालिकाको पाँचौ नगरसभामा आर्थिक वर्ष ०७६/०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

National Life

आईतावार प्रस्तुत नीति कार्यक्रम भित्र विगतभन्दा नयाँ आर्कषक विषयहरुमा चाँगुनारायण नगरपालिकाले शिक्षा क्षेत्रमा प्रभावकारीता ल्याउनको लागि आगामी आ।व।बाट लागु हुने गरि २५ वर्षे सेवा अवधि पुगेका ५० वर्ष उमेर नाघेका शिक्षकहरुले आगामी ०७६ श्रावण मसान्त भित्र स्वैच्छिक रुपमा अवकाश लिन चाहेमा नगरपालिका तर्फबाट प्रति व्यक्ति एकलाख रकम पुरुस्कार स्वरुप थप उपलब्ध गराउने, उज्यालो नगरपालिका बनाउने अभियानमा मुख्य सडकहरुमा सडक बत्ती राख्ने, स्थानीय पाठयक्रम बनाई लागु गर्ने, जगंललाई जडिबुटी खेतीको रुपमा रुपान्तर गर्ने एवं भौतिक पूर्वाधारमा जनसरोकार राख्ने अत्यन्तै संवेदिनशिल विषयहरुलाई उच्च प्रथामिकताका साथ कार्यन्वयनमा ल्याईने लगायतका विषयहरु समेटिएका छन् ।

नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा भएको नगर सभाबाट नगरबासीको उज्जवल भविष्यको मार्गचित्र कोर्नको लागि चालु आवमा भएका कामको संक्षिप्त समिक्षा सहित नगर उप प्रमुख विना वास्तोलाले प्रस्तुत गर्नु भएको आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रमको तलको लिङ्कमा राखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया