• २ भदौ २०८३, बुधबार
  • १२:५० बिहान

विश्वकपमा अफगानिस्तानले बंगलादेशको सामना गर्दै

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार १२:४६

अफगानिस्तान र बंगलादेश एकदिवशीय विश्वकपमा कमजोर मानिएका टिम हुन् । अफगानिस्तान अहिलेसम्म जितबिहीन रहँदा बंगलादेशले भने जायन्ट किलरको रुपमा दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गरेर सनसनी मच्चाएको छ । ६ खेलबाट ५ अंक जोडेको बंगलादेशको सेमिफाइनल प्रवेशको सम्भावना भने कमजोर नै छ ।

बंगलादेश र अफगानिस्तानबीचको यो खेल साउथह्याम्प्टनमा नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । यो यही मैदान हो जहाँ अफगानिस्तानले शनिबार भारतसँग ११ रनको साँघुरो हार ब्यहोरेको थियो । विश्वकपको प्रमुख उपाधि दावेदार भारतलाई २२४ रनमै रोकेको अफगानिस्तानको ब्याटिङ पंक्तिले धैर्य कायम राख्न नसक्दा हार ब्यहोर्नुपरेको हो । मोहम्मद नावीले अर्धशतकीय पारी खेले पनि अन्यले साथ दिन सकेनन् । बलियो टोली भारत लज्जास्पद हारबाट जोगियो।

Kamana Sewa

त्यसको विपरित बंगलादेशले भने बलिङमा कमजोर प्रदर्शन गरिरहेको छ । शकिव अल हसनले बंगलादेशको ब्याटिङ नेतृत्व गरेका छन् । उनले अहिलेसम्म २ शतकसहित सानदार प्रदर्शन गरिरहेका छन् । हसनलाई मुसफिकर रहिमले साथ दिइरहेका छन् । पछिल्लो ३ खेलमा बंगलादेशले ३ सय २० भन्दा माथिको योगफलको लक्ष्य पछ्याउनुपरेको छ । त्यसैले बलिङ र फिल्डिङ क्षेत्रमा धेरै सुधारको आवश्यकता छ ।

Classic Tech Desktop

प्रतिकृया