• १ असोज २०८३, बिहीबार
  • १०ः१० बिहान

पशुपतिनाथ दर्शनको खर्च व्यहोर्ने प्रदेश सरकारको घोषणा

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०८:५६

नयाँदिल्ली । भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न आउने ज्येष्ठ नागरिकको खर्च व्यहोर्ने भएको छ । राजस्थान सरकारअन्तर्गत पर्यटन तथा देवस्थान मन्त्रालयले ६५ वर्ष माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो । सरकारले बिहीबार मात्र ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन एवं देवस्थान मन्त्री विशवेन्द्र सिंहले बताउनु भयो ।

National Life

‘पशुपतिनाथ हिन्दुरूको महान् तीर्थस्थलमध्ये एक भएकाले यो निर्णय गरिएको हो ।’ राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ । उक्त सूचीमा भारतबाहिरको गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो । पछिल्लो निर्णयअनुसार काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाइ भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले व्यहोर्नेछ । यसअघि भारतभित्रकै ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो।
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया