• ४ साउन २०८३, सोमबार
  • १०:४१ बेलुका

भारतबाट ल्याएको पेस्तोल बरामद

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०६:५३

सिरहा। सशस्त्र प्रहरीले भारतबाट ल्याएको पेस्तोल बरामद गरेको छ । माडरको सशस्त्र टोलीले गस्ती टोलीले भारतबाट मोटरसाइकलमा ल्याएको एक थान कटुवा पेस्तोल पटेर्वाबाट बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेकजाँचको क्रममा पेस्तोल भेटिएको हो । मोटरसाइकल चालक प्रहरीलाई देख्ने बित्तिकै पुनः भारततिर फर्केर भागेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले पिछा गरेपछि मोटरसाइकल चालकले कमला नदी किनारको झाडीमा पेस्तोल फालेर भारततर्फ भागेका थिए । मोटरसाइकल चालकले फालेको पेस्तोल सशस्त्रले जिल्ला प्रहरी कार्यालय पठाएको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया