• ३ साउन २०८३, आइतबार
  • ३:३५ बेलुका

हिजो जस्तो लाग्छ

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०९:०९

हिजो जस्तो लाग्छ तर बर्षौं भईसकेछ…
भन्दै थिस् “यार मैले नि bike किनें नि“

तेरो bike लाई हेर्दै भनेको थिएँ…
बधाई छ …अनि कसरी किनिस यस्तो महङ्गो बाईक ..?
गर्वले हेल्मेट हातमा झुन्ड्याँदै भनेको थिस् “mom gift“ हो यार…

Kamana Sewa

तेरा खुशीका रफ्तार bike मा चढेर होला…तेरो speed सधैं १०० नाघ्थ्यो
भन्ने गर्थें बिस्तारै चला… दुई पाङ्ग्रेको भर हुँदैन…
त मेरा कुरा नकार्दै अझ बटार्थिस र उछिन्थिस् अगाडिका सबै गाडी…

Classic Tech Desktop

हिजो जस्तो लाग्छ, तर बर्षौं भईसकेछ… ती कलेज का दिन हरुबिच
मेरो घर अगाडि आइ “हर्न“ बजाएको..
अनि बिस्तारै चला है भनी पछाडि बसेको..

सम्झाउँदा नसम्झिने तेरो बानी देख्दा
“अब तेरो बाइक मा चढ्दिन भन्दै खुब रिसाउँथें“

हिजो जस्तो लाग्छ… तर बर्षौं भईसकेछ…
त्यो साँझको सडक तेरो रगतले पोतिएको…
बा, आमाको सपना छरपष्ट सडकमा छरिएको…

पत्यार लागेन… सपना झैं लाग्यो… पटक पटक यो खबर गलत भईदियोस भन्दै दुई हात जोडि मुठ्ठी बनाएको…

हिजो जस्तो लाग्छ तर बर्षौं भईसकेछ…
घरको भित्तामा टाँसिएको तेरो फोटोमा फुलमाला चढेको…

तर… तर यी सबै कुरा तेरो लागि लेख्नु अघि तैले आजै बाट
“speed“ कम गर्ने छस…
छोडिदिने छस overtake गर्दै त्यो बकवास race जित्न…
छोडिदिने छस पछाडि कोहि खास बस्दा उत्तेजित भई
एक्सिलेटर बटार्न…

“speed“ बढाउनु अघि यो सम्झिनु
मलाई यो “gift“ गर्ने मेरि आमा घर मा खाना कुर्दै्छिन..

“speed“ बढाउनु अघि यो सम्झनु…
मलाइ यो “tank full“ गरि दिने बाबा घरमा मेरो आगमन कुर्दैछन..

“speed“ बढाउनु अघि यो सम्झनु…
२० मिनेट ढिला नै भए पनि मेरा साथीहरु म सँग रिसाउने छैनन..

“speed“ बढाऊँनु अघि यो सम्झनु…
“मेरो लागि “bike gift“ गर्ने आमाको लागि..
म पनि एक अमुल्य “gift“ हुँ…

जुन “gift“ बर्षौं अघि मेरो परिवारको लागि भगवानले बुबा आमाको काखमा दिएका थिए…

“mom gift bike“ त पटक पटक परिवर्तन होलान..
तर “mom gift son“ न नयाँ बनाउन मिल्छ, न नयाँ परिवर्तन गर्नै… !!!

“Mom & other famiy is waiting you there at home “❤️
DriveSlow
RideSafe

स्रोत : सामाजिक सन्जाल

प्रतिकृया