टेन्डर हत्याउन अदालतको सहारा
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ११:५६
काठमाडौं । दूरसञ्चार कम्पनीहरुको कामकारबाही नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणमा अनुगमन उपकरण खरिदका क्रममा झण्डै १ अर्ब ३७ करोड रुपैयाँ अनियमितता हुन गरी टेन्डर हत्याउने खेल सुरु भएको छ ।
दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी प्रस्ताव गर्नेसँग नै सम्झौता गर्ने गरी खेल सुरु भएको हो ।

‘१६ कम्पनीले प्रतिस्पर्धा गरेकामा ४ वटामात्रै टेन्डर प्रक्रियामा सहभागी हुन योग्य भनी छनोट गरियो,’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘अख्तियारमा उजुरी परेपछि टेन्डर त रद्द भयो ।

तर, टेन्डर रद्द गरी आफूलाई अन्याय भएको भनी एउटा कम्पनी सर्वाेच्च अदालत गएको छ । अन्तरिम आदेशकै माध्यमबाट ठेक्का सम्झौता गर्ने योजना बनेको छ ।’
प्राधिकरण स्रोतबाट प्राप्त कागजात हेर्दा टेन्डर प्रक्रिया सुरु भएपछि पटक–पटक मापदण्ड र सर्त फेरबदल गरेको देखिन्छ । समाचार आजको कान्तिपुरले छापेको छ ।




प्रतिकृया