• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

बर्दियाको राजापुरमा आँगनमा सुतिरहेका एक व्यक्तिको हत्या

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०२:११

बर्दियाको राजापुरमा आँगनमा सुतिरहेका व्यक्तिको हत्या भएको छ । राजापुर नगरपालिका ३ नंगापुरमा ५५ वर्षीय जयराम थारुको बुधबार राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

घरमा मृतक र उनकी बुहारी मात्र थिए । बुहारी घरमा भित्र चुक्कुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । उनका छोरा भने बैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजित महराले घटनाबारे अनुसन्धान भइरहेको बताए । अनुसन्धानको लागि कुकुरसहितको टोली पुगेको उनले बताएका छन ।

Classic Tech Desktop

प्रतिकृया