• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

जनकपुरमा ९ वटा सिलिण्डर पड्किदा ३ होटल नष्ट

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १०:११

जनकपुरधामः जनकपुरको एक होटलमा ९ ग्यास सिलिण्डर विस्फोट हुँदा तीन होटल जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहिबार आज बिहान तीनबजे सिलिण्डर विस्फोट हुँदा जनकपुरको कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार, सियाराम मिष्ठान भण्डार र एक अन्य होटल गरी तीनवटा भोजनालय जलेर नष्ट भएको हो । एउटा होटलमा आगलगी भएर एकै ठाउँमा राखिएका ९ वटा ग्यास सिलिण्डरहरु श्रृंखलाबद्ध विस्फोट हुँदा ठुलो आवाज सुनिएको स्थानीयहरुले बताएका छन् ।

ग्यास सिलिण्डर विस्फोटमा भौतिक क्षति भएपनि मानवीय क्षति नभएपनि ५० खाल भन्दा बढी क्ष्तिा भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया