प्रहरी साझेदारी कार्यक्रम :जेनित एकेडमि स्कुलमा
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार ०५:४८
भक्तपुर मध्यपुर ठिमी नगरपालिका गठाघरस्थित जेनित एकेडेमि स्कुलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी साझेदारी कार्यक्रम गरियो । प्रहरी विद्यालय सम्पर्क समितिको आयोजनामा “आधारभुत सुरक्षा” विषयक प्रशिक्षण रहेको थियो । विद्यालयको तह माध्यमिक अन्तर्गत कक्षा ८ देखि कक्षा १० सम्मका ६४ जना विद्यार्थीहरुलाई सहभागि गराइएको थियो । त्यसैगरि शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा महा नगरिय वृत ठिमिका प्रहरी नायब निरीक्षक सृजना पोखेरल ले प्रशिक्षण दिनुभएको थियो ।
अपराधको पहिचान ,अपराधको रोकथाम ब्यक्तिगत जिम्मेवारी लागू औषध सबन्धित विभिन्न जानकारी मुलक कुराहरु सडक सुरक्षाको बारेमा यसबाट बेच्ने साईबर अपराधसबन्धित विभिन्न जानकारीहरुदिनुभयो ।
विद्यार्थीहरुको व्यक्तिगत सुरक्षा र विद्यार्थीहरुले जान्नुपर्ने सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई निरिक्षक पोखेरल ले सवारी साधनमा चढ्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउदै विविध चेतनामुलक भिडियो पनि देखाइएको थियो । कार्यक्रममा प्रहरी हवल्दार धनराज लामा को उपस्थिति रहेको थियो ।विद्यालयका प्रिन्सिपल रमा बस्नेत ले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आएको र आगामी दिनहरुमा पनि गर्दै जाने जानकारी दिनुभयो ।
फोटो फिचर








प्रतिकृया