• १ असोज २०८३, बिहीबार
  • ६ः४४ बेलुका

नेपाली लाइसेन्स : एक सय ३५ देशमा सवारी चलाउन पाउँने

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०२:२२

काठमाडौं । नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका सेवाग्राहीले विदेशमा पनि सवारीसाधन चलाउन पाउने भएका छन्।

National Life

यातायात व्यवस्था विभागले नेपाली लाइसेन्स धारकलाई अन्तर्रा्ष्ट्रियस्तरमा सवारी चलाउन पाउने कानुनी व्यवस्था गर्न लागेको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ नयाँ बनाउने तयारीमा विभाग छ।

२६ वर्ष पुरानो ऐनलाई संघीय संरचनाअनुसार बनाउन लागिएको हो। मुलुक संघीय व्यवस्थामा सञ्चालन भएसँग विभागको मातहत रहेको धेरै अधिकार प्रदेश मा समाहित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यातायात व्यवस्था विभाग भने संघीय सरकारको मातहतमा सञ्चालन हुनेछ ।

प्रतिकृया