• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

मानव धर्मद्धारा देशव्यापी रक्तदान

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०९:२१

काठमाडौं ।
विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

देश भरिका दर्जनौं क्षेत्र आश्रमहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार सांझ सम्मको आंकडा अनुसार काठमाडौंमा कुल ८५ जना, नेपालगंन्जमा ८१ जना, सुर्खेतमा ३० जना रक्तद्धाताले रक्तदान गरेको समितिको केन्द्रीय कार्यलय गौशालाले जानकारी दिएको छ । देशभरिको सम्पुर्ण ठाउँको आंकडा आउन बाँकी छ ।

Kamana Sewa

Classic Tech Desktop

रक्तदान भोली पनि कतिपय आश्रम जारी रहने र शनिबार साँझ सम्म सबै क्षेत्रको रक्तदानको आंकडा आउने जनाइएको छ ।

यस अघि पनि पटक पटक समितिले काठमाडौंका अस्पतालमा रगत अभाव भएपछि आकस्मिक रक्तदान गर्दै आएकोे छ ।

संस्थाले विभिन्न अवसर पारेर हरेक बर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ । अघिल्लो बर्ष पनि मानव धर्मका प्रणेता सद्गुरु सतपाल महाराजको जन्मोत्सव पारेर एकै दिनमा करिब १ हजार ४७ पोइन्ट ब्लड संकलन गर्न सफल भएको थियो ।

समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रुपमा रक्तसंञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।

प्रतिकृया