• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

तीन सय ३४ सांसदलाई एक–एक लाखका ल्यापटप

प्रकाशित मिति

२०७६ जेष्ठ ३२ गते, शनिबार ०८:२७

 

काठमाडौं । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए ।

Kamana Sewa

६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ ।

Classic Tech Desktop

संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ ।

संसद्कै साढे ६ करोड विकास खर्चबाट संसदीय समिति सभापतिहरूका लागि ११ वटा गाडी पनि खरिद गरिँदै छन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिकृया