• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

जुलाईमा आदित्यनारायण झा नेपाल आउदै

प्रकाशित मिति

२०७६ जेष्ठ ३२ गते, शनिबार ०७:५०

नेपालमा भारतीय गायक गायिका आउने क्रम बढ्दो छ । केही दिन अघिमात्र बलिउडकी चर्चित गायिका नेहा कक्करले काठमाडौंको ठमेल स्थित लओडीमा नेपाली दर्शक माँझ प्रस्तुत भएकी थिइन् । उनको कार्यक्रम विवादमा तानियो । र साथै कार्यक्रमका सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसै क्रममा गायक आदित्यनारायण झा नेपाल आउने भएका छन् । युवापुस्ता माँझ उनको राम्रो क्रेज हुनुका साथै गायक उदितनारायण झाका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्व दिने गरिन्छ । केही वर्ष अगाडी मात्र पोखरामा कन्सर्टका लागि आदित्य नेपाल आएका थिए ।

Kamana Sewa

अब भने जुलाईको पहिलो हप्ता आदित्य काठमाडौंको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिने भएका छन् । गायकसँगै एक्टर समेत रहेका आदित्यले उनले आफ्ना तथा बलिउडसँगै नेपालका हिट गीतहरु प्रस्तुत गर्ने छन् । आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।

Classic Tech Desktop

आदित्यले पनि आफु नेपाल आउँन लागेकोमा खुशी व्यक्त गरेका छन् । क्लब फरेनहाइटकै आयोजनामा हुने ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी टिकट दर १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा थप ५ सय थप लाग्ने समेत आयोजकले जनाएका छन् ।

प्रतिकृया