• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

कञ्चनपुर र्दुघटना : ३ को मृत्यु , ५ घाइते

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १०:१३

भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।
शुक्रबार बिहान महेन्द्रनगरबाट गड्डाचौकी जाँदै गरेको से १ क ७३३ नम्बरको जेसीबीले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परेर अटोरिक्सामा रहेका ३ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले बताए ।

Kamana Sewa

उनका अनुसार २ जना पुरुष र १ जना महिलाको घटना स्थलमा मृत्यु भएको हो । उनले मृतकको पहिचान नखुलेको बताए । अटोमा सवार पाँच घाइते भएका थिए । घाइतेको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Classic Tech Desktop

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर दुर्घटना : घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारत पठाइएको कञ्चनपुर प्रहरी ले जानकारी दिएको छ।

प्रतिकृया