• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०३:३६

मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महांघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

महासंघले यही असार ३ गते देखि असार ३० असारसम्म विविध कार्यक्रम गर्ने गरी आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको हो ।

Kamana Sewa

तेस्रो चरणमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र पे्रस स्वतन्त्रता सभा आयोजना गर्ने र उक्त विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघको रहेको छ ।

Classic Tech Desktop

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने भएको भन्दै महासंघले यसलाई फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर समस्याको समाधान गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिकृया