• ३१ भदौ २०८३, बुधबार
  • ६ः३६ बेलुका

डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०१:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्।

National Life

वासिङ्टन र मेक्सिको सिटीबीच गत साता मात्रै आप्रवासनसम्बन्धी सम्झौता भएको थियो । ट्रम्पले नै गत साता भएको सम्झौताका केही अंशलाई मेक्सिकोको संसद्ले पारित गर्नु पर्ने र यदि त्यसो नभए उसविरुद्ध थप भन्सार लगाउने चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्विट भनेका छन, ‘मेक्सिकोसँग गरिएको आप्रवासन र सुरक्षासम्बन्धी सम्झौताको महत्वपूर्ण अंशका रूपमा हामीले अर्को एउटा डकुमेन्ट पनि तयार गरेर हस्ताक्षर गरेका छौं, जसलाई अमेरिकाले कैयौं वर्षदेखि खोजिरहेको थियो।यदि मेक्सिकोको संसद्ले सो योजना पारित नगरे उसविरुद्ध थप भन्सार लगाइने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले यस विषयमा विस्तृत जानकारी नदिए पनि मेक्सिकोको संसद्ले गत साता दुई देशका अधिकारीबीच सम्झौता भएबमोजिमको योजना पारित नभए उसविरुद्ध थप भन्सार लाग्ने चेतावनी दिएको जनाएको छ ।

प्रतिकृया