• ३१ भदौ २०८३, बुधबार
  • ३ः३९ दिउँसो

हातहतियार सहित पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०२:३४

कपिलवस्तु, बाणगंगा नगरपालिका-७ मोतीपुर बस्ने ४० वर्षीय नोने थारूलाई लाइसेन्स नभएको एकनाले भरुवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २५ वर्षीय कुमार बोटेले आफ्नो घरमा लगेर राखेको अवस्थामा उक्त बन्दुक खेलाउने क्रममा पड्केर बोटे घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मर्सिटी अस्पताल बुटवल पठाइएको छ ।

National Life

मोरङ, बिराटनगर महानगरपालिका-९ स्थित मेट्रोसिटि होटल एण्ड गित गजलको कोठा नम्बर १०१ मा बसेका भारत सितामडी घर भएका २२ वर्षीय कुनाल कुमार सिंहलाई सानो चाइनिज पेस्तोल १ थान, सोको म्याग्जिन १ थान, सोमा लाग्ने गोली ४ राउण्ड, कटुवा पेस्तोल १ थान र सोमा लाग्ने ४ राउण्ड गोली सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो कुनाल र हाल ठेगाना नखुलेका २४ वर्षीय राजु कुमार हतियार सहित होटलमा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय ‘क’ बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कुनाललाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । हाल फेला नपरेका राजु कुमारको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया