• ३१ भदौ २०८३, बुधबार
  • १०ः५२ राती

नयाँ ह्वावेई फोनमा फेसबुक नहुने, पुरानोमा केहि समस्या

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार १२:५३

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना मोवाइल एप्स ह्वावेई का नयाँ स्मार्टफोनमा नराख्ने बताएको छ । ‘प्रि–इन्स्टल ’(नयाँ फोन उत्पादन गर्दा ) नराख्ने बताएको हो।

National Life

पछिल्लो समय अमेरिका र चिन बिचको व्यापार युद्ध चलिरहेको छ । अमेरिकाले चिनियाँ फोन ह्वावेईलाई आफ्ना देशका प्रयोगमा प्रतिबन्ध लगाउन खोजिरहेको छ । सोही क्रममा केही समय अघि गुगलले आफ्ना मोवाइल एप नयाँ फोनमा नराख्ने बताएको छ ।

समाचार संस्था रोएटर्सका अनुसार पछिल्लो समय फेसबुकले पनि नयाँ मोवाइलमा एप नराख्ने बताएको हो । त्यस्तो प्रतिबन्ध फेसबुकको मुख्य एपमा मात्र नभएर ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागु हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो । फेसबुकले यस्तो कदम उठाउनुको प्रमुख कारण उक्त निर्देशन नै रहेको बुझिएको छ।

पुरानो फोनमा के छ ?

नयाँ फोनमा फेसबुकका एपहरू समावेश नगरिने भए पनि सर्वसाधारणले प्रयोग गरिरहेका ह्वावेई फोनमा भएका एपमा भने समस्या हुनेछैन। तर पुराना ह्वावेई फोनमा सफ्टवेअर अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउने फेसबुकले जनाएको छ। फेसबुकको यो निर्णयबारे ह्वावेईले केही टिप्पणी गरेको छैन।

फेसबुकका एप ह्वावेई फोनमा प्रि इन्स्टल नहुने भए पनि प्रयोगकर्ताहरू आफैँले भने एप डाउनलोड गर्न सक्नेछन् । अमेरिकी कम्पनी गुगलले प्ले स्टोरमा ह्वावेईको पहुँच हुन दिएमा प्रयोगकर्ताहरूले फेसबुक र अन्य एप डाउनलोड गर्न पाउनेछैनन् ।

प्रयोगकर्ताले प्ले स्टोर तथा गुगल एप प्रयोग गर्न सक्ने भए पनि गुगलले मध्य अगस्टदेखि ह्वावेईलाई महत्त्वपूर्ण एन्ड्रोइड सफ्टवेअरहरू प्रयोग गर्न नदिने घोषणा गरिसकेको छ।ह्वावेईका फोन र उपकरणको प्रयोगमा विभिन्न राष्ट्रहरूले प्रतिबन्ध लगाएका छन्।

प्रतिकृया