• ३१ भदौ २०८३, बुधबार
  • ९ः५६ राती

नेपाल प्रहरी र विद्यार्थीको आयोजना मा र्हन निषेध सचेतना कार्यक्रम

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार १०:२७

भक्तपुर ।
उपत्यका मा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि हालसम्म त्यसको कार्यन्वयन फितलो देखिएकाले आज उपत्यका को बिभिन्न ठाँउमा ट्राफिक प्रहरीले र्हन नबजाउन का लागी सचेतना कार्यक्रम गरेको छ ।

National Life

यसैगरी आज भक्तपुर को नयाँ थिमी चोक मा सचेतना कार्यक्रम भएको छ । भक्तपुरका बिभिन्न वेलफेयर एकेडमी विद्यालय का विद्यार्थीहरुले र्पचा पम्पलेट लिई उक्त सचेतना कार्यक्रममा सहभागि भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अस्पताल, विद्यालय र मानिसको बाक्लो उपस्थिति रहने स्थानमा हर्न बजाउँदा त्यसको नकारात्मक असर धेरै हुने गरेको छ । यसले कानको जाली र भित्री जालीमा असर गर्छ । कानको भित्री कोषसम्म असर पार्छ र श्रवणशक्तिमा ह्रास गराउँछ । सधैँ चर्को हर्न बज्ने स्थानमा बस्ने मानिसको मुटु सामान्य स्थानमा बस्ने मानिसको तुलनामा कमजोर हुन्छ । चर्को हर्नले मानव मस्तिष्कमा विभिन्न किसिमका नकारात्मक रसायनहरु उत्पादन गराउने हुँदा र्हन निषेध गर्नु जरुरी रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात व्यवस्था विभागको सहकार्यमा उक्त नियम लागू भएको हो । तर, कार्यक्रम शुरु भएको दुई वर्ष बितिसक्दासम्म उपत्यकामा सवारी साधनका ध्वनिहरु प्रशस्तै सुनिएका ले यस किसिमको कार्यक्रम गरेको भक्तपुर महानगरीय प्रहरी परिसर का एसपी सबिन प्रधान ले बताएका छन ।

यस्तै प्रहरी बृत थिमी का प्रहरी प्रमुख शान्तिराज कोइराला ले सुरुवाती दिनमा उपत्यका मा हर्न निषेधको नियम लागु भएको देखिए पनि पछिल्ला समय चालकको लापरवाहीका कारण सवारी साधनका हर्न प्रशस्त सुनिन थालेको बताएका छन् ।

भक्तपुर ट्राफिक इन्र्चाज हरिओम खडका का अनुसार , र्कावाही गर्नुभन्दा पहिले सचेतना गराएका छौ, अब फेरी अटेरी गरी ट्राफिक नियम पालना गरिएन भने कडा र्कावाही हुने बताए ।

काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन्

प्रतिकृया