• ३१ भदौ २०८३, बुधबार
  • ६ः२५ बेलुका

डि एन हर्बल उद्योग श्रीखण्डले १० हजार युवालाई रोजगार दिने

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार ०४:१८

सुबास कुवँर,

National Life

काठमाडौं – डि एन र्हबल उद्योग अन्र्तगत श्रीखण्ड ब्राण्डद्धारा उत्पादित सामग्री बजारमा आएका छन् । एक कार्यक्रमकाबीच श्रीखण्ड ब्राण्डका नयाँ ४ बस्तुहरु टोनर , क्लिजिङ्ग मिल्क, फेसियल किट , हेयर सेयर जस्ता कस्मेटिक समानहरु सार्बजनिक गरिएको थियो ।

श्रीखण्ड ब्राण्ड अगरबत्ती, ग्लुकोज , फेसियल , ब्रस, चियापति , साबुन, तथा अन्य कस्मेटिक समान उत्पादन गर्ने नेपालमा एक सफल ब्राण्ड हो । काठमाडौं गठ्ठाटारमा अबस्थित डि एन र्हबल उद्योग को हालसम्म श्रीखण्ड ब्राण्डका ६० वटा बस्तुहरु बजारमा प्रर्बधन भइरहेका छन् । कम्पनिका संचालक नारायण गौतमले १७ वर्ष देखि डि एन हर्बल उद्योग कम्पनीमा बिताइ सक्नुभएको छ र उहाँ मुलुकको आर्थिक नीतिलाई चिरफार गरेर स्पष्ट विचार राख्न सक्ने खुबी राख्नुहुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

डि एन र्हबल उद्योग को अन्य उत्पादित बस्तु सार्बजनिक कार्यक्रममा संचालक नारायण गौतमले जबसम्म मुलुकमा स्वदेशी उत्पादनको प्रयोग, स्वदेशी उद्योगहरु संचालनको वातावरण तयार हुदैन तब सम्म मुलुकमा विकास र सम्बृद्धि हुन नसक्ने बताउनुभएको छ । उहाँले सरकारले केही महङ्गो परेपनि स्वदेशी उत्पादन लाई प्रोत्साहन शुरु गर्नुपर्ने  भन्दै देशका युवा रोजगारीलाई केन्द्रित गरेर नेपालका हरेक जिल्लाको ठाँउ ठाँउमा उद्योग स्थापना गरिरहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ , “हामीले अगरबत्ती , ग्लुकोज , फेसियल , ब्रस, चियापति , साबुन, तथा अन्य कस्मेटिक समान बजारमा ल्यायौं । यहाँ धेरैजसो पुरुष तथा महिलाहरू वैदेशिक रोजगारीमा जाने तर विदेश गए पनि विभिन्न खाले जोखिम व्यहोर्नुपर्ने अवस्था छ । यही देखेर स्वदेशमै रोजगारीलाई लक्षित गरेर उद्योग स्थापनामा जोड दिएका हौं ।”

उहाँले थप्नुभयो ,यहाँ पढेलेखेका अमेरिका, युरोप, जापान लगायत विकसित मुलुक जान्छन् । उनीहरू स्वदेश फर्किंदैनन् । यहाँ जनसंख्याको ठूलो हिस्सा त्यस्तो छ जो बाहिर जान सक्दैन । यहीँ बसेर आम्दानी गर्नुपर्ने बाध्यता भएका मानिसलाई केन्द्रमा राखेर लगानी गरिरहेका छौं ।

संचालक नारायण गौतमले उद्योगमा रहेका कामदारलाई राम्रो काम गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो ,“जडिबुटि लाई सहि सदुपयोग गरि गुणस्तरीय उत्पादन गरेका छौं र उत्पादन गर्न हामीले धेरै कामदारलाई प्रयोग गरेका छैनौं र धेरै समस्या पर्ने गरि कार्य गर्न लगाएको छैनौ । ” कम्पनीका उत्पादनमा नाफा कमाउने भन्दा पनि रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्य रहेको उहाँको भनाई थियो । सोही अनुसार डि एन र्हबल उद्योग ले बेस्ट म्यानेजमेन्ट गरेर देशका सबै युवा कामदारलाई रोजगारी दिँदै आएको छ,उहाँले भन्नुभयो ।

संचालक गौतम भन्नुहुन्छ , “नेपाल प्राकृतिक रूपमा धनी छ । त्योभन्दा पनि ठूलो स्रोत भनेको म्यानपावर हो । त्यस्तो म्यानपावर नेपालमै छ । उनीहरूले विदेशमा गएर पसिना बगाएका छन् । फेरि अर्को कुरा, नेपालमा जति पुरुष छन, त्यति नै महिला छन् । पुरुष महिला दुबै विदेश जान्छन् तर त्यहाँ १ महिना मा ५० हजार कमाएर ५ बर्ष पछि र्फिकदा नेपालमा काम भेट्न असजिलो हुनसक्छ , त्यसकारण यहाँ कार्य गर्दा ५ बर्षमा धेरै परिर्वतन हुने भन्दैे हामी रोजगारी दिने लक्ष्य पनि लिएको हो। ”

उहाँले अन्य धेरै उद्योग खोल्ने आन्तरिक तयारी भइरहेको भन्दै त्यसमा अरु कुनै वैकल्पिक उद्योग स्थापना गर्ने विषयमा सोचिरहेको बताउनुभयो । नेपालमा प्रत्येक चिज ल्याउन सकिन्छ ,तराईमा मात्रै उद्योग खोल्न सकिन्छ भन्ने थियो तर, आफुहरुले नेपालका ७७ जिल्लामै र्हबल उद्योग अहिलेको सबैभन्दा राम्रो उद्योग को रुपमा स्थापना गरेको बताउनुभयो ।

युवा समाजसेवि नारायण गौतम काठमाण्डाँै माहानगरपालिका वडा नं. ३२ कोटेश्वर शुभकामना टोल सुधार समितीका सचिव तथा उपभोक्ता समितीका अध्यक्ष समेत रहनु भएका गौतमले थुप्रै सामाजिक सेवा गरीरहनु भएको छ । समाज सेवि गौतमले सडकमा आस, बास, कपास नपाई सडकमा बिचल्ली अवस्थामा रहेकाहरुलाई सेवा गरी समाज टेवा पु¥याइराख्नु भएको छ ।

उहाँले भन्नुभयो, नेपालमा प्रत्येक कुराको सम्भावना छ । भौगोलिक हिसाबले नेपालमा घरेलु उद्योग स्थापना गर्न सम्भव छैन भन्ने कुरालाई म मान्दिनँ । चीन यति विकसित भइसक्यो ,हाम्रो देशमा पानी छ, पर्यटन छ र सबैभन्दा ठूलो मानव शक्ति छ, जुन विश्वमा विस्तारै धेरै कम भइसकेको छ । हामीसँग इमान्दार श्रमशक्ति छ, जुन श्रमशक्तिले गएर दोहा, कतारजस्तो मरुभूमि हराभरा बनाए, हाम्रै जनशक्तिका कारण ती देश कहाँबाट कहाँ पुगिसकेका छन् ।

नेपालमा अगरबत्ति , तथा कस्मेटिक उद्योग बिस्तारै हराइसकेको थियो । तर, हामीले एउटा उदाहरण दिएका छौं, अहिले यो सफल उद्योगमा पर्छ । ब्रान्डेड धुप भारतबाट मात्रै आयात हुन्थ्योे । तर, अहिले हाम्रो डि एन ले ट्रेन्ड सेट गर्दैछ र यसको व्यापार राम्रो हुँदै गएको छ । उहाँले सरकारको सहयोग भए थप गुणस्तर बस्तु उत्पादित हुने बताउनुभयो ।

उहाँका अनुसार हालसम्म यस उद्योगलाई सरकार बाट केहि सहयोग भएको छैन , यदि सरकार बाट सहयोग पाए हामी १० हजार बेरोजगार युवालाई रोजगार सुनिश्चित गर्न सक्छौ । यसका लागी नेपाल सरकारले नेपालमा रहेको उद्योगहरुलाई अनुगमन गरी सहयोग गर्यो भने नेपालका युवाहरु बिदेशिनु पर्दैन।

हाम्रो व्यवस्थापन, ज्ञान साथसाथै हामीसँग आबद्ध भएको प्रत्येक व्यक्तिले यसको फाइदा पाउनुपर्छ भन्ने मान्यता राख्छौं । यही अवधारणा का साथ हामी अगाडि बढिरहेका छौं । उहाँको धारणा थियो । ग्राहकलाई सन्तुष्टि प्रदान गर्नु, बिभिन्न किसिमका कमि कमजोरी आए थप सुधार गर्दै अघि बढ्ने उहाँको भनाई छ । त्यसैगरी उक्त हर्बल कम्पनिका सह संचालक दिपक गौतमले मिहेनत गर्ने हो भने आफ्नै देशमा पनि धेरै गर्न सकिन्छ भन्ने बिश्वास जागेको बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले रु ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको भएपनि कार्यान्वन नभएकोमा आपत्ति जनाउनुभयो।

उहाँले देशमा औद्योगिक विकासको कुरा उठ्दा ठूला तथा मझौला उद्योगको स्थापना तथा प्रवद्र्धनमा ठूलो जोड दिने गरिन्छ तर हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि ठूला ठूला उद्योगको दाँजोमा साना तथा उद्योग नै ज्यादै उपयोगी रहेको कुरा विगतका अनुभवले नै देखाएको उहाँको भनाई छ । जनसङ्ख्या वृद्धिले एकातिर बेरोजगारी समस्यालाई चर्काएको छ भन्ने अर्कोतिर सीमित ठाँउमा बढ्दै गएको श्रमशक्ति निर्भर हुनु पर्दा अर्ध बेरोजगारी समस्या अदृश्य रूपमा फैलिँदै गएकोले घरेलु उद्योगको महत्व बढी रहेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “धेरै समस्या तथा बाधा भएका कारण उद्योग फस्टाउने मौका पाएको छैन । ठूलो–ठूलो उद्योगबाट विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक ढङ्गले थरी थरीका डिजाइन भएको वस्तु उत्पादन हुन्छ  तर र्हबल उद्योगमा मानिसबाट राम्रो वस्तु उत्पादन हुन्छ ।” यस उद्योगको अपेक्षित विकास हुन सकेको छैन । यदि सरकारले राम्रो प्रविधि भित्राए सहज हुने उहाँले बताउनुभयो । यसको साथसाथै यस उद्योगले उचित मात्रामा संरक्षणको पाएको छैन  । घरेलु उद्योगका लागि महत्व दिने किसिमको वातावरण सरकारले तयार गर्न नसकेको उहाँको आरोप रहेको छ । उहाँले स्वदेशमै उत्पादित वस्तुलाई मात्र प्राथमिकता दिने कानून निर्माण गरी आयात न्यूनीकरण गरिनु जरुरी रहेको बताउनुभएको छ ।

सरकारले घरेलु तथा साना उद्योगको विकासका लागि प्रभावकारी प्रवद्र्धनात्मक कार्यक्रम तर्जुमा, सही कार्यान्वयन, कार्यसम्पादनको नियमित मूल्याङ्कन र सुधारका अग्रगामी कार्यक्रम योजनाबद्ध रूपमा अघि बढाउन सकेमा घरेलु तथा लघु उद्योगको उत्पादनमा वृद्धि, बजार विकास र निर्यात प्रवद्र्धन हुन सक्छ, संचालक नारायण गौतमले सरकारलाई सुझाब दिनुभयो ।

आवश्यक सीप विकास, उद्यमशिलता विकास तालिम, प्राविधिक परामर्श कर्जा प्रवाह एवं सूचना सम्प्रेषणजस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै लैजानुपर्छ देखिएको संचालक गौतमले बताउनुभयो । सङ्घीयता सँगसँगै देशका घरेलु तथा साना उद्योग विकाससँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय सङ्घीय व्यवहार र अभ्यासमा ढाल्न आवश्यक प्रशिक्षण तथा अभिमुखीकरण गर्नुका साथै प्रदेशका लागि आवश्यक संरचना र जनशक्ति व्यवस्थापन गर्ने र तिनीहरुको क्रमिक रूपमा क्षमता अभिवृद्धि, सीपमूलक प्रशिक्षणमा वृद्धि, कर्जा प्रवाह र विश्वव्यापी रूपमा आएको सूचना प्रविधिलाई समयानुकूल अवलम्बन आदि गरी घरेलु तथा साना उद्योगका विकास गर्न अपरिहार्य छ ।

यसै तथ्यलाई मनन गर्दै डि एन र्हबल उद्योगका संचालक संचालक गौतमले आफ्नो मेहनत र पसिना देशका लागि समर्पण गरिरहनुभएको छ, उहाँलाई हाम्रो तर्फबाट शुभकामना ।

प्रतिकृया