धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ २५ गते, शनिबार १०:०९
काठमाडौं,
काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायतका ४ जनाको समूहले शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो । घाइते निमा शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया