• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

आईसीसी विश्वकप : बंगलादेशबिरुद्ध इंग्ल्याण्ड र न्युजिल्याण्डबिरूद्द अफगानिस्तान जितको खोजीमा

प्रकाशित मिति

२०७६ जेष्ठ २५ गते, शनिबार ०९:५५

गौरब निरौला । आफ्नो पछिल्लो खेलमा पाकिस्तानबिरुद्धको अप्रत्यासित हार पछि पुनरागमनको योजनामा रहेको आयोजक देश इंग्ल्याण्डले आईसीसी विश्वकपको आफ्नो तस्रो खेलमा बंगलादेशी टिमसामू बलिङमा सुधार गर्नुपर्नेछ ।
यो खेल कार्डिफ वेल्स रंगशालामा शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको उपाधि दावेदार घरेलु टोलीलाई पुनरागमन अत्यावश्यक छ । किनभने उनीहरुले ट्रेन्ट ब्रिजमा पाकिस्तानसँग १४ रनको पराजय ब्यहोरेका थिए ।

यसअघिका दुवै खेलमा ३ सय भन्दा बढी रन प्रहार गरेको इंग्लिस ब्याटिङपंक्तिमा टिप्पणी गर्ने ठाउँ छैन । तर, तीनपल्टको फाइनलिष्ट टोलीका लागि बलिङमा सुधार गर्नुपर्ने यसअघिका दुई खेलले देखाइसकेको छ ।
बंगलादेशबिरुद्ध इयोन मोर्गानको टोलीलाई कुनै पनि गल्ती गर्ने छुट छैन । किनभने इंग्लिस समर्थकले चार वर्षअघि बंगलादेशसँग पराजित हुँदै बिश्वकपबाट बाहिरिएको भुलेका छैनन् ।

Kamana Sewa

बंगलादेशले दक्षिण अफ्रिकाबिरुद्ध ओभलमा सानदार बलिङ प्रदर्शन गरेको थियो । २१ रनको जितका क्रममा उनीहरुले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई पूरा नियन्त्रणमा राखेका थिए । तर, न्युजिल्याण्डबिरुद्ध इनिङको सुरुआतमा बलिङ प्रभावकारी बन्न सकेन ।
ब्याट्सम्यानले पनि सुरुआतदेखि नै उल्लेख्य साझेदारी गर्न सकेनन् । कप्तान मसरफी मुर्तजाले आफ्ना ओपनिङ र मध्य क्रमका ब्याट्सम्यानसँग प्रदर्शनको अपेक्षा राखेका छन् । विशेष गरी सकिव अल हसनसँग, बंगलादेशी टोली धेरै हदसम्म उनको प्रदर्शनमा निर्भर छ।

Classic Tech Desktop

कार्डिफको विकेट नयाँ बलमा खेल्न निकै कठिन हुन्छ । त्यसैले दुवै टोलीका ओपनरहरुका लागि यो खेल मुस्किल हुन सक्छ । इंग्ल्याण्डको पछिल्लो लय र घरेलु मैदानको परिचितताका कारण शनिबार बंगलादेश भन्दा इंग्ल्याण्ड हाबी हुन सक्छ ।

यसैगरी आज हुने दास्रो खेलमा दोस्रो विश्वकप खेलिरहेको अफगानिस्तानले शनिबार गत संस्करणको फाइनलिष्ट न्युजिल्याण्डसँग खेल्दा जारी प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

जारी विश्वकपमा अफगानिस्तानले सुरुआती दुवै खेल हारेको छ भने न्युजिल्याण्डले दुवै खेल जितेको छ । यी दुईको खेल टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा शनिबार साँझ नेपाली समयअनुसार सवा ६ बजेदेखि सुरु हुनेछ ।
अफगानिस्तानको बलियो पक्ष बलिङ हो । मोहम्मद नावी र रसिद खानले उसको बलिङ आक्रमणको नेतृत्व लिएका छन् । ब्याटिङमा भने उनीहरुमा अनुभवको कमी देखिएको छ ।

वर्षाले प्रभावित श्रीलंकाबिरुद्धको खेलमा अफगानिस्तानले १८८ रनको लक्ष्य पछ्याएको थियो । कुनै पनि ब्याट्सम्यानले खेललाई अन्तिम ओभरसम्म लैजाने धैर्यता गर्न सकेनन् । अफगान टिम ३२ ओभरमै समेटिएको थियो ।
पहिलो खेलमा अष्ट्रेलियाबिरुद्ध उसले २ सय ७ रनको सम्मानित स्कोर बनाएको थियो । त्यस खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो ।

अर्कोतर्फ न्युजिल्याण्डको सुरुआत भने सानदार छ । पहिलो खेलमै श्रीलंकालाई १० विकेटले हराएको न्युजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।
मार्टिन गुप्टिल, केन विलियमसन, कोलिन मुनरो र रस टेलरको ब्याटिङपंक्ति न्युजिल्याण्डको शशक्त पक्ष हो । यसबाहेक म्याट हेनरीले बलिङमा उत्कृष्ट खेलिरहेका छन् ।

प्रतिकृया