• २३ भदौ २०८३, मंगलबार
  • २ः३३ राती

वर्तमान सरकारले देशमा बितण्डा मच्चाउन खोजेको छ : सभापति देउवा

प्रकाशित मिति

२०७६ जेष्ठ २५ गते, शनिबार ०९:४४

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालय, मानवअधिकार, प्रेस लगायतका बिधेयक ल्याएर देशमा बितण्डा मच्चाउन खोजेको र यसले उसका आत्मबिश्वास कमी भएको प्रष्टाएका छन् ।

National Life

नेपाली कांग्रेस मध्यपुर थिमिले आयोजना गरेको पहिलो चरणको जागरण राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै सभापति देउवाले दुई तिहाईको सरकारमा आत्मबिश्वासको कमी भएपछि जनहित बिपरित बिभिन्न खालका बिधेयक ल्याउन लागेको आरोप लगाएका छन् ।


कांग्रेसमा बिगतमा समया देखिएको गुट उपगुटले हम्मे हम्मे पारेको अवस्थाको अन्त्य लगातार हुने जनजागरण अभियानले गर्ने बताउँदै अव पार्टी एक ढिक्का भएर कांग्रेस अघि बढने उनको भनाई थियो । साथै देउवाले हरेक शक्तिलाई आफ्नो मातहतमा ल्याँउदै दुई तिहाइको सरकारको दम्भमा उत्रिएका प्रधानमन्त्री ओली बेलैमा नसच्चिए राणा, पञ्चायत र राजतन्त्र फाले जस्तै वर्तमान सरकारलाइ पनि कांग्रेसले फाल्ने चुनौती दिएका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा बोल्दै कांग्रेस नेता, सांसद तथा छाँया सरकारका अर्थमन्त्री डा . मीनेन्द्र रिजालले कांग्रेस निरन्तर जागरण अभियानमा रहेको बताए । आश्वासनको खेतीका रुपमा आएको यो बजेटले सरकारको खुबी परिक्षण भइसकेको उनको भनाई थियो ।

 

उनले बर्तमान सरकारले हजारौंको बलिदानबाट प्राप्त संंबिधान भत्काउनु लागि परेको बताउँदै बजेट पढ्दै गएपछि र यसलाई अध्ययन गर्दै जाँदा सरकारले होस गुमाइसकेको अभिव्यक्ति दिएका थिए।

यस्तै मध्यपुरथिमी न.पा का नगरसभापति अंजना मध्यकर्मीले बिकास निर्माणमा साझेदारी गर्दै अगाडी बढने बताइन । आफुमात्र अघि बढेर नपुग्ने ,पार्टिका सबै ब्यक्ती,सबै जनता एकजुट हुनुपर्ने उनको भनाई थियो । नेपाली कांग्रेस जनताको सेवक र सेना हो भन्दै दुबै रुपमा जनताले परिचालन गर्ने उनको जोड थियो ।

यसैगरी भक्तपुर जिल्ला सभापति र्दुलभ थापाले मनमनमा कांग्रेस, जनजनमा कांग्रेस अभियानका साथ निर्वाचनको तयारी गरेको बताउदै यस अभियान मा एकताबद्ध भइ पार्टिलाई शक्तिशाली,र्उजाशील बनाउन र पार्टि अगाडि बढाउन जस्तो सुकै बलिदान गर्न तयार रहेको बताए ।


यस्तै नगर सभापति सुरेन्द्र श्रेष्ठले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरे । उनले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा काङ्ग्रेस सदैव लागिपर्ने बताए ।


कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजँग बस्नेतले देशमा भएका बिभिन्न ठूला काण्डहरुमा मन्त्री र प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाए ।


नेपाली कांग्रेस मध्यपुर थिमिले आयोजना गरेको पहिलो चरणको जागरण राष्ट्रिय अभियान कार्यक्रम मा ७५ जनाले काँग्रेस प्रवेश गरेका थिए ।

प्रतिकृया