• २२ भदौ २०८३, सोमबार
  • ११ः५५ राती

संघ, प्रदेश र स्थानीय तहको संरचनालाई प्रभावकारी बनाउने : अर्थमन्त्री डा.खतिवडा

प्रकाशित मिति

२०७६ जेष्ठ २५ गते, शनिबार ०८:४५

अर्थमन्त्री डा. युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहको संरचनालाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले कर्मचारी भर्ना प्रकियालाई चाडो टुङगाएर विकासको एजेन्डालाई अगाडी बढाउन सके आर्थिक वृद्धि हासलि हुने र त्यसले रोजगारी सिर्जनामा सहयोग पुग्ने बताउनुभयो।

National Life

नीतिमूलक अनुसन्धान तथा विकास संस्थाले काठमाण्डौंमा आयोजना गरेको आगामी आर्थिक बर्षको बजेटबारे छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो।

पाँच बर्षमा पाँच लाख रोजगारी सिर्जना गर्न कुनै ठूलो कुरा नभएको उहाँको तर्क रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको तथा बजेट दुरुपयोग भएको गुनासो प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरीरहेको बेला अर्थमन्त्री खतिवडाले तीनै तहका सरकारको विकास बजेट खर्च गर्ने क्षमता बढाउन सके पाँच बर्षमा पाँच लाख रोजगारी सिर्जना गर्न कुनै ठूलो कुरा नभएको बताउनुभएको हो् ।

प्रतिकृया