युरोपियन नेशन्स लिगको फाइनलमा नेदरल्याण्ड र पोर्चुगल भिड्ने
प्रकाशित मिति
२०७६ जेष्ठ २४ गते, शुक्रबार ०२:१४
गौरब निरौला । युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनलमा नेदरल्याण्डले इंग्ल्याण्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । यसअघि भएको पहिलो सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेदरल्याण्ड्समा भएको खेलमा नियमित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा नेदरल्याण्डले दुई गोल ग¥यो । जसमा एक गोल आत्मघाती पाएको थियो ।

३२औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा माथियास डि लाइटले गोल गर्दै खेल बराबरीमा पु¥याए । निर्धा्रित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो ।
अतिरिक्त समयको सातौं मिनेटमा केल वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्याण्डले अग्रता लियो । २४औं मिनेटमा क्वीन्सी प्रोम्सले गोल गरेपछि नेदरल्याण्डले फाइनलको यात्रा पक्का पा¥यो ।
नेदरल्याण्ड फाइनलमा पुग्दा इंग्ल्याण्ड भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि आइतबार हुने प्रतिष्पर्धामा इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्नेछन् । फाइनल खेल भने सोमबार हुनेछ ।




प्रतिकृया