माल्दिभ्सको क्रिकेटलाई भारतले सघाउने
प्रकाशित मिति
२०७६ जेष्ठ २४ गते, शुक्रबार ०२:१०
गौरब निरौला ।
भारतले माल्दिभ्सको क्रिकेट विकासमा सहयोग गर्ने भएको छ । त्यसकालागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले माल्दिभसको क्रिकेट बिकासका लागि योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले क्रिकेट विकासका लागि यसअघि नै भारतसँग सहयोग मागेका थिए ।

माल्दिभ्सले १९९८ मा एशियाली क्रिकेट परिषद् (एसीसी)को सदस्यता लिएको थियो ।

भारतीय विदेश सचिव विजय गोखरेले भारतले यस दक्षिण एशियाली देशमा एउटा स्टेडियम बनाउने तयारी गरेको बताए । माल्दिभ्सका राष्ट्रपतिको आग्रह अनुसार यो काम अघि बढीरहेको पनि पुष्टि गरे ।
अप्रिलमा राष्ट्रपति सालेह भारत भ्रमणमा आएका बेला बैंग्लोरमा उनले आईपीएल क्रिकेट हेरेका थिए भने त्यतिबेला उनले माल्दिभ्सको पनि राम्रो क्रिकेट टिम बनाउने इच्छा ब्यक्त गरेका थिए ।
त्यसका लागि स्टेडियम बनाइदिन र खेलाडीलाई ट्रेनिङ दिने वातावरण मिलाउन आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालमा निर्वा्चित भएपछि पहिलो विदेश भ्रमण माल्दिभ्सबाट गर्दैछन् ।
त्यतिबेला यस विषयमा थप सम्झौता हुन सक्ने बताइएको छ । माल्दिभ्समा क्रिकेट विकास गर्ने सम्बन्धमा बीसीसीआईको एक प्रतिनिधि मण्डलले गत मे महिनामा त्यहाँको भ्रमण गरेर काम अघि बढाएको छ ।




प्रतिकृया