• ४ साउन २०८३, सोमबार
  • १:२१ बिहान

आफ्ना लागि, देशका लागि,परिवारका लागि इनोभेटिभु सोचका लागि समय लगाऊ: प्रधानमन्त्री

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ११:२२

विभिन्न क्षेत्रमा मुलुकको विकास कसरी हुन्छ भन्नेबारे युवाहरूले राम्रो आत्मविश्वास आर्जन गरेको मैले ठानेको छु। कसैले पनि समस्या छैन भन्दैन, समस्या छ। समाधान हुँदैन पनि भन्दैन। समाधान हुन्छ। समाधान गर्न सकिन्छ। समाधानका उपाय छन्। ती उपायमा आफ्ना तर्फबाट केही प्रेस्क्रिप्सन सल्लाह, सुझाव पनि दिन्छन्। कैयौँ कुराहरू गर्न सकिन्छ। धेरै अगाडिदेखि मैले जोड दिएर हाम्रा युवाहरूको ध्यानाकर्षण गर्दै आएको छु।

२०७२ फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर मैले उद्घोष गरेको थिएँ ( मै बनाउँछु मेरो धरहरा ‘म बनाउँछु मेरो देश’ भन्ने भावना जबसम्म मनमा हुँदैन, अठोट हुँदैन तबसम्म हामी देश बनाउन सक्दैनौँ। देश किन बनेन भनिन्छ। मैले गर्नुपर्छ भनेर नलिँदा यस्तो भयो। धेरै मञ्चमा शिशिर योगीको एउटा लोकप्रिय गीत मैले बोल्नुभन्दा अगाडि गाउने गरिन्थ्यो।

Kamana Sewa

उहाँ गाउनुहुन्थ्यो( यो देशमा म एउटा मानिस खोजिरैछु। शिशिरजी देश बनाउने मान्छे खोजी गरेर गीत गाउनुहुन्छ। एक दिन उहाँले गीत गाइसकेपछि मैले भनेँ, ‘शिशिरजी, आज म तपाईँलाई तपाईँले खोजेको मान्छे चिनाउँछु

Classic Tech Desktop

।’ ‘तपाईँले खोजेको मान्छे तपाईँभन्दा दाहिनेपट्टि जो छ, त्यसको देब्रेपट्टि बसेको मान्छे हो। तपाईँले खोजेको मान्छे तपाईँभन्दा अघिल्लो सिटमा जो छ त्योभन्दा ठ्याक्कै पछि बसेको मान्छे हो। तपाईँले खोजेको मान्छे तपाईँभन्दा ठिक पछाडिको सिटमा जो छ त्योभन्दा ठिक अगाडिको सिटमा बसेको मान्छे हो।
तपाईँले खोजेको मान्छे तपाईँको देब्रेपट्टि जो मान्छे बसेको छ त्यसको ठिक दाहिनेतिर बसेको मान्छे हो।‘ हामी हरेकले सोच्नुपर्छ म भन्दा दाहिनेपट्टि जो बसेको छ त्यसको देब्रे पट्टी बसेको मान्छे देश बनाउने मान्छे हो।

म हाम्रा युवाहरूलाई भन्न चाहन्छु तपाईँको दाहिनेपट्टि बसेको जो छ त्यसको देब्रे पट्टी र देब्रे पट्टी बसेको जो छ त्यसको दाहिनेपट्टि बसेको मान्छे देश बनाउने मान्छे हो। यो शिशिरजीका लागि मात्रै भनेको होइन, हरेकका लागि हो। देश तपाईँ हामीले बनाउने हो। हामी हरेकले सोच्नुपर्छ म भन्दा दाहिनेपट्टि जो बसेको छ त्यसको देब्रे पट्टी बसेको मान्छे देश बनाउने मान्छे हो।

म हाम्रा युवाहरूलाई भन्न चाहन्छु तपाईँको दाहिनेपट्टि बसेको जो छ त्यसको देब्रेपट्टि र देब्रेपट्टि बसेको जो छ त्यसको दाहिनेपट्टि बसेको मान्छे देश बनाउने मान्छे हो। अर्थात् त्यो मान्छे तपाईँ हो। तपाईँले आफैँले सोच्नुपर्छ कि( म बनाउँछु मेरो देश। यदि काठमाडौंको जनताले ‘म बनाउँछु मेरो काठमाडौं’ भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गर्‍यो भने काठमाडौं बन्छ। कुनै पनि देश अरूले आएर बनाइदिँदैन। आफैँले बनाउनुपर्छ।

हरेक समय सोच्नुस् कि अहिले जे गरिरहनुभएको छ त्यो ठिक गरिरहनुभएको छरु अहिले व्यतीत गरिरहनुभएको समय ठिक कुराका लागि गरिरहनुभएको छ । अथवा योभन्दा बढी उत्पादनशील अरू केही हुन सक्छ। कामको आनन्द त्यसमा भिज्यो भने आउँछ। अलि मिहिनेत पर्छ, दुःख हुन्छ। अलि झन्झटिलो काम त्यसमा भिजेर गर्नुपर्छ।

युवाहरूलाई सचेत गराउन चाहन्छु कि हेर्दाहेर्दै चुसुक्क कपाल फुल्छ। एउटा फुलेको देखिन्छ। अलि पछाडि अर्को फूल्छ। अलि पछाडि अर्को फूल्छ। सुरुसुरुमा साथीले भन्छ टिपेर फाल। एउटा टिप्यो दुईटा टिप्यो, अलि पछि टिपेर फाल्न नसकिने भइसकेको हुन्छ। त्यो समयको गति हो। त्यसले भनिराखेको हुन्छ तपाईँहरूलाई समय जाँदैछ है, जे गर्नु छ छिटो गर। राम्रो गर। अधिकतम सदुपयोग गर समयको। आफ्ना लागि, देशका लागि,परिवारका लागि समय लगाऊ। इनोभेटिभु सोचका लागि समय लगाऊ।

प्रतिकृया