• ३ साउन २०८३, आइतबार
  • ९:१८ बिहान

मुस्लिमको महान् चाड ईद उल-फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै :अध्यक्ष प्रचण्ड

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ११:०६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नु भयको छ ।

हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ भन्दै प्रतिब्धता जनाउनु भयको छ ।

Kamana Sewa

यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिनु भयको छ । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो पनि भन्नु भयको छ ।

Classic Tech Desktop

यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास दिलाऊनु भयको छ । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्नु भयको छ ।

प्रतिकृया