चितवन जिल्लामा मोटरसाईकल दुर्घटना सबैभन्दा बढी
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ०२:१५
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका १२९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको छ ।
चालू आर्थिक र्वषमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना स्वयम् मोटरसाइकलमा रहेका थिए । मोटरसाइकलले ठक्कर दिएर ९ जना पैदल यात्रीको मृत्यु भएको छ भने ३ जना साइकल यात्रीले मोटरसाइकलकै ठक्करबाट ज्यान गुमाएका छन् । कार्यालयले मोटरसाइकल आफैँमा मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ ।

चितवन जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् ।

उक्त अवधिमा २५३ वटा सवारी दुर्घटना भएका छन् । जसमा ३९२ सवारी साधन परेका थिए । ती दुर्घटनामा १७८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ ।




प्रतिकृया