• २३ भदौ २०८३, मंगलबार
  • ४ः४१ बिहान

नगरप्रमुखलाई कार्यकक्ष बाहिर जान नदिई उपप्रमुखको धर्ना

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १२:००

भक्तपुर . मध्यपुर थिमी नगरपालिकामा विशेष नगरसभा माग गर्दै सोमबार उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित नेपाली कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । गत बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभा माग गरेका जनप्रतिनिधिहरूले नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बेवास्ता गरेको भन्दै सोमबार उनको कार्यकक्षमा धर्ना दिएका हुन्।

National Life

दिउँसो २ बजे शुरु भएको धर्ना साँझ ७ः३० बजेसम्म चलेको थियो। जनप्रतिनिधिहरूले नगरप्रमुख श्रेष्ठलाई कार्यकक्ष बाहिर जान नदिई धर्ना बसेका थिए। धर्नापछि नगरप्रमुख श्रेष्ठले विशेष नगरसभाको माग पत्र दर्ता गर्ने तोक आदेश दिएको वडा नं. १ का अध्यक्ष सुरज खड्काले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उपप्रमुख मधिकर्मी लगायत नगरपालिका ३५ जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१९) को उपदफा (३) र ३ नं. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नगरसभा सञ्चालन कार्य्विधि ऐन २०७५ को दफा ३ बमोजिम नगरका विभिन्न पाँच वटा विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका थिए।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरेको आर्थिक कारोवार, तोक, आदेश र टिप्पणीका आधारमा फाइल उठाई सञ्चालन गरेका योजनाको स्वीकृति सम्बन्धमा प्रचलित ऐन नियम र अन्य कानुन विपरित नगरप्रमुख श्रेष्ठले कमेरोटार जग्गा एकीकरण आयोजनामा आयोजना प्रमुख नियुक्त गरेको सम्बन्धमा नगरसभाबाट छानविन गरी प्रतिवेदन पेश गर्न माग गरिएको थियो।

वडाअध्यक्ष सुरज खड्काले प्रचलित ऐन नियम र अन्य कानुन विपरित नगरप्रमुख श्रेष्ठले कमेरोटार जग्गा एकीकरण आयोजनामा आयोजना प्रमुख नियुक्त गरेको सम्बन्धमा र मध्यपुर थिमि नगरपालिकाका लागि आवश्यक ऐन नियम र कानुन निर्माण सम्बन्धमा आवश्यक छलफल गर्नु परेकोले विशेष नगरसभाको माग गरेका बताए ।

म. थिमि नगरपालिकाका प्रवक्ता एवं वडा २ का वडाअध्यक्ष राम थापामगरद्धारा करको दर समसामयिक बनाई पुनरावलोकन गर्ने, भौतिक पूर्वाधार विकासको (मापदण्ड) संशोधन सम्बन्धमा, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा क मा भएका नगरप्रमुखको काम, कर्तव्य र अधिकार भन्दा बाहिर गएको जनाइएको छ।

मध्यपुर थिमि नगरपालिकाका लागि आवश्यक ऐन नियम र कानुन निर्माण सम्बन्धमा आवश्यक छलफल गर्नु परेकोले विशेष नगरसभाको माग गरिएको थियो ।

प्रतिकृया