• २३ भदौ २०८३, मंगलबार
  • ७ः२१ बिहान

डेंगुको प्रकोप नियन्त्रणमा प्रयास

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ११:४९

डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ।

National Life

डेंगुको प्रकोप नियन्त्रण गर्न स्थानीय स्तरको प्रयास सम्भव नभएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो।

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले डेंगुको प्रकोप नियन्त्रण बाहिर गएकाले प्रदेश र संघीय सरकारका मन्त्रालयसँग सहकार्य र सहयोगका लागि पत्राचार गरिएको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामीले सकेसम्म डेंगु नियन्त्रण प्रयास गरिरहेकै छौं तर नियन्त्रणमा नआएकाले चिन्तित छौं,’ कार्यवाहक प्रमुख भण्डारीले भनिन्, ‘काबुबाहिर जान लागेकाले प्रदेश र संघीय सरकारबाट पनि सहयोग आवश्यक छ।

धरानमा पछिल्लो ३ सातामा ७५ जना डेंगुका बिरामी भेटिएको पुष्टि भइसकेको छ। यो समाचार आजको नागरिक दैनिकले छापेको छ।

प्रतिकृया