• २२ भदौ २०८३, सोमबार
  • ९ः०२ राती

लहान फेस्ट–२०१९ हुँदै, कमल खत्री लगायतको विशेष प्रस्तुति रहने

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ११:५४

गौरब निरौला , काठमाडौं । विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्र मा काम गर्दैै आएको ‘ एल एण्ड एन मोडल एजेन्सी’ ले लहानमा गरेको  मोडल अडिसन र्भखरै सम्पन्न गरेको छ । यसअघी प्रदेश २ अन्तर्गत बिभिन्न स्थानमा धेरै फेशन सो सफलता पुर्वक सम्पन्न गरिसकेको एल एण्ड एन ले लहानमा पनि सफलता पुर्वक सम्पन्न गर्ने विश्वास लिएको छ ।

National Life

यसैगरी जुन १५ र्अथात जेठ ३२ शनिबारका दिन लहानमा “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” को ग्राण्ड फिनाले हुने भएको छ । जेठ महिनाको अन्तिम दिन पारेर एल एण्ड एन मोडल एजेन्सीले ‘लहान फेस्ट–२०१९’ आयोजना गर्न लागेको हो ।

प्रदेश २ को लहानमा पहिलोपटक हुन लागेको फेस्ट तथा फेसन शो लाई भव्य बनाउने गरी आयोजकले तयारी थालेको जनाएको छ । उक्त फेस्ट शोमा विविध सांगीतिक प्रस्तुतिसमेत राखिएको एल एण्ड एन मोडल एजेन्सी का म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्ण जानकारी दिए ।
उनले भने, ‘लुकेका युवा प्रतिभालाई बाहिर ल्याउनु तथा स्थानिय स्तरमा उत्पादन भएका सामग्रिको प्रचार–प्रसार गर्नु यस फेस्टको मुख्य उद्देश्य रहेको छ ।’ हामि विकसित क्षेत्रमा मात्र शो गर्ने नभई नेपालका हरेक कुना कुनामा गएर सबैको लुकेको प्रतिभालाई ठूलो स्तरमा ल्याएरै छोडने छौ ।

Classic Tech Mobile
Classic Tech Desktop

एल एण्ड एन ले नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट एवं नयाँ शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तर्रा्िष्ट्रय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा लहानमा शो गर्ने भएको हो ।

“लहान फेस्ट २०१९” लहानको वाटिका टुरिजम होटलमा हुने बताइएको छ । आयोजकका अनुसार फेस्टमा नेपालका चर्चित गायक कमल खत्री, गायक सन्दिप न्यौपाने, गायक कर्ण राज गिरी , मोडल तथा बेलि डान्सर छिरिङ्ग लामा लगायतको विशेष प्रस्तुति रहने छ ।

साथै फेसन शोमा मोडल प्रशिक्षक नितेन्द्र कर्ण , कोरियोग्राफर सोनु कर्णद्धारा कोरियोग्राफी र कृष्ण कर्णद्धारा ब्यबस्थापन हुनेछ । शोमा १९ जना लेडिज मोडल तथा १६ जना जेन्स मोडल गरी ३५ जना मोडलको सहभागिता रहने  छ।

जेठ ३२ मा हुने फेशन शो का लागी रु ५ सय देखि १ हजार को टिकट राखिएको बताइएको छ ।

प्रतिकृया