• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध दक्षिण अफ्रिका फिल्डिङमा

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०३:४०

आईसीसी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने भएको छ । पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको दक्षिण अफ्रिका विश्वकपमा पहिलो जितको खोजिमा हुँदा बंगलादेश पनि विश्वकपमा सुख्द सुरुआत गर्ने तयारीमा छ ।

बंगलादेश मा तमीम इक्बाल, सोम्य सरकार, शकिब अल हसन, मुस्फिकुर रहिम, मोहम्मद मिथुन, मोहम्मदुल्लाह, मोसादेक हुसेन, मोहम्मद सफिउद्दिन, मेहन्दी हसन, मसरफे मोर्तजा छन् ।

Kamana Sewa

दक्षिण अफ्रिका मा क्वीन्टन डी कक, एडेन मार्करम, फाफ डु प्लेसिस, रसेभान डेर डुसेन, डेभिड मिलर, जेपी डुमेनी, एन्ड्ले पेलुखुवाओ, क्रिस मोरिस, कागिसो राबडा, लुंगि निग्डी र इमरान ताहिर छन् ।

Classic Tech Desktop

दक्षिण अफ्रिकका कप्तान फाफ डु प्लेसिसले आजको खेलमा अतरिक्त सिमर राखिएको जानकारी दिए । पछिल्लो खेलमा गरेको गल्तीबाट पाठ सिक्दै बंगलादेशविरुद्ध जित निकाल्ने अभियानमा रहेको पनि उनले बताएका छन् ।

आजको खेलमा हसिम अमला छैनन् भने उनको ठाउमा डेभिड मिलर आएका छन् । त्यसैगरी क्रिस मोरिसबाट पनि विकेटको अपेक्षा गरिएको छ । बंगलादेशका कप्तान मसरफे मोर्तजाले बंगाली टिम विश्वकपमा लागि तयार रहेको बताए ।

प्रतिकृया