• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०१:१४

कास्की ।
समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत लागूऔषध नियन्त्रण, आकस्मिक नम्बरको प्रयोग, आधारभूत सुरक्षा, साईबर अपराध तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण बुधबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३० शिसुवास्थित न्युलाईट अंग्रेजी बोर्डिङ स्कुलको सभाहलमा ९ र १० का विद्यार्थीहरुलाई उक्त प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय प्रहरीको उपस्थिति रहको थियो ।
यसैगरी समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत पोखरा उद्योग बाणिज्य संघको सभा हलमा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको प्रमुख आतिथ्यमा कानुन सम्बन्धी व्यवहारिक ज्ञान र बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण बुधबार सम्पन्न भएको छ ।

Kamana Sewa

समुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा तथा जिल्ला प्रहरी कार्यलय कास्की, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेम्जाको सहकार्यमा अधिवक्ता सुरेन्द्र थापा मगर तथा मनोवैज्ञानिक परामर्शदाता डा. शुशिल कंडेलले उक्त प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा क्रियाशील सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संघसंस्थाहरु, विद्यालय, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया