• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

वैदेशिक रोजगार व्यवसायीद्धारा कामदारलाई विदेश पठाउन रोक

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०१:१५

वैदेशिक रोजगार व्यवसायीले कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् ।

गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो ।

Kamana Sewa

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

Classic Tech Desktop

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन, व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग पनि संघले गरेको छ । अबको सात दिनमा पनि आफ्ना माग सम्बोधन नभए बैठकले बसेर आगामी रणनीति तय गरिने संघका वरिष्ठ उपाध्यक्ष भान्तानाको भनाई छ ।

यो बीचमा सरकारले आफ्ना माग पुरा गर्न पहल नगरेकाले शुक्रबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भान्तानाले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिकृया