• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

दर्जनौं सपनाको …. पोको बोकेर शहर छिरेको उ !

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ११:४२

दर्जनौं सपनाको ….
पोको बोकेर शहर छिरेको उ !

आफू बस्ने कोठा भित्र माकुरा ले जालो बनाए जस्तै
गरि सपना , इच्छा , चाहाना को जालो बनाउछ ,
अनि ती जालो भित्र आफ्ना रहर हरु लाई फसाउछ र कैद बनाउछ !

Kamana Sewa

ती रहर…
जहाँ परिवार को लागि केही बनेर देखाउने..
बा आमा को वचन पूरा गर्दै आफ्नो जिन्दगी सजाउने.!

Classic Tech Desktop

तर यो शहर ले उस्का हर रहर हरु लाई सजिलै बलात्कार गरि दिन्छ , खुलेयाम बलत्कृत हुन पुग्छन उस्का चहाना हरु !

फिक्का चिया मा बिहानी को कक्षा भेटाउन दौडने उ
आफ्ना पुराना खिइ सकेका जुत्ता फेर्न नसकेको आत्मकथा आफै भित्र लुकाउछ !

उ रहर ले हैन बाध्यताले कलेजका चौथो र पाचौं पिरेड छोडेर काम मा दौडन्छ ,
त्यही पुरानो टेम्पु ..
बसौ ठाउँ छैन उभिउ हल्लाएर टाउको ठोक्काउछ,
उ सडक को दुरवस्था देखेर सरकार लाई मन मनै गाली गर्दै मुख छाड्छ ,

उस्को पेट बिल्कुल खाली छैन
ग्यास्टृक ले डेरा जमाएर टम्म भै बसेको छ ,
उ कहिले अन्डा चना त कहिले समोसा तरकारी ले पेट भर्दै दौडिन्छ,

दिन भरिको उतारचढाव पछि , साझ अबेर त्यही कोठा पुग्छ ,त्यही कोठा जहाँ उस्ले सपना को जालो हरु बुनेर छोडेको थियो, उस्का हात ले जुत्ताका तुना खोल्न मान्दैनन, एउटा खुट्टा ले अर्को खुट्टा को जुत्ता खोल्छ र छिर्छ सबै अटेको उस्को कोठा भित्र..

उस्को कोठा मा के अटेको छैन….
दराज नभए पनि आफ्ना कपडा आधा ढोका पछाडी झुन्डाएको छ त आधा कुर्सी माथी थुपारेको छ ,
दुई तीन ओटा बाल्टी , कालो ड्रम अनि त्यो निलो कलर को पानी फाल्ने बाटा,

दुई तीन ओटा थाल ग्लास , त्यो सानो किचेन र्याक, र पाच किलो चामल को थैलो…

कहिले काहीँ आक्कल झुक्कल उस्को कोठा मा कुकर ले सिठ्ठि फुक्ने गर्छ , बाकी दिन उ आफै सुस्केरा हाल्दै ओछ्यान मै ढल्किन्छ , उ अगाडि तिर लडेको झोला ले उस्लाई केही भन्न सक्दैन, सायद बुझ्छ होला, थकाई ले झम झम भएका खुट्टा को पीडा, दिन भरिको धुलो धुवाँले पिरा भएका आँखा को पीडा ,

उ उसै गरि ढल्किन्छ जसरी उस्ले त्यही खाट मा ढल्केर सपना का स्वर्णिम स्वर्ग देख्ने गर्थ्यो ,

ती सपना जहाँ कसैले ” त्यो केटा त इन्जिनियर भयो रे नि है भनेको सुनाई दिदा..”.

भोलि नै इन्जिनियरिङ कक्षा मा भर्ना भै लामा स्केल , र औजार बोकि हिडौ जस्तै ..

ती सपना जहाँ घर मा बा आमा ले फोन गरेर ” तल्लाघरे काका को छोरा ले लोकसेवा मा नाम निकाल्यो रे कान्छा भनेको सुन्दा ”

सबै कुरा त्यागेर , गरेको काम छोडेर, घर बाटै चामल तरकारी ल्याएर कोठा भित्र भित्रै गुप्तबास बसि लोकसेवा मा नाम निकाल्दिउ जस्तै.

ती सपना जहाँ हुनेखाने हरु ले आयल्स गरि अस्ट्रेलिया गएको सुन्दा
बा ले दुख गरेर जोडेको पुर्खौली सम्पती सबै बन्दकी राखी बाहिर जाउ जस्तै…

ती सपना जहाँ ” कसैको छोरा आर्मी पुलिस मा भर्ती भयो रे भनेको सुन्दा बिहान बिहानै सयौं मिटर दौडिउ र भर्ती हुन जाउ जस्तै…”

ती सपना जहाँ ” कसैको छोरा छोरी ले सेतो लामो कोट लगाएको देख्दा आजै बाट मेडिकल क्लास भर्ना गरि डाक्टरी पढौ जस्तै,

ती सपना जहाँ ” क्याम्पस बाट राजनीति सुरु गर्दै नेता भएका मान्छे देख्दा आफू पनि ठुला ठुला आस्वासन र भासण गर्दै सबै को माझ नेता बनौ जस्तै…!

तर हर रात उ आफ्नै सपना द्वारा बलात्कृत भै रहन्छ।
समय बिति रहन्छ, माकुरा ले जालो फेरे जस्तै उ सपना ले ल्याउने तरङ्ग फेरि रहन्छ,

व्यवहार बढी रहन्छ…
असफलता का चाङ ले शरीर थिची रहन्छ..
बा आमा डाडामाथि का घाम जस्तै भै सके..
बहिनी लाई पराई घर सुम्पिने दिन आइ सके..

आफ्नो झुसे दारी र नमिलाइएका कपाल र ख्याउटे ज्यान अनि struggle को अवस्था मा आफ्नी प्रेमिका लाई आफ्नो हुन बाट बचाउन सक्दैन, कोहि सेटल भएको मान्छे आइ दिन्छ र आफ्नै मुटु भन्दा बढि माया गरेर राखेको प्रेमिका लाई मुटु नै चुढिने गरि खोसेर लागि दिन्छ !

उ एक अथक योद्धा जस्तै ..
न रुन सक्छ
न दिल खोलेर हास्न सक्छ
न परिवार को कारण ले मर्न नै सक्छ ,
असफलता का गोलि हरु उस्का छाती भरी लागेका छन ,
प्रेम ले दिएको घाउ मुटु मा निको नहुने गरि लागेको छ!

कतै कसै बाट साथ नपाएको उ आफै एक्लै सफलता को युद्ध भुमी मा होमिन्छ , उ लड्दा उठाई दिने कोहि हुदैनन् , उ हर हार पश्चात् आफै उड्छ र फेरि बिश्वास को ढाल छाती मा टास्दै अघि बड्छ , बड्दै जान्छ एउटा चम्किलो र सुनौलो बिहानी भेट्न, !

जहाँ उस्ले बनाएको माकुराको जालो भित्र कुदिएका सपना हरु सजिलै फसेका हुन, जसरी माकुरा ले आफ्नो सिकार त्यो जालो भित्र फसाउछ , उसै गरि..!!

प्रतिकृया