• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

छतबाट खसेर मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ११:१३

दाङमा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुर सञ्चार टोल निवासी ३३ वर्षीय किशोर डिसीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बेलुका खाना खाएर छतमा सुत्न गएका डिसी बिहान छतबाट खसेको अवस्थामा फेला परेका थिए । आफन्तहरुले उपचारको लागि फलोरेन्स अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्कले मृत घोषणा गरेका हुन् ।
अत्याधिक गर्मी भएका कारण डिसी घरको छतमा सुत्दै आएका थिए ।

Kamana Sewa

प्रतिकृया