यसप्रकारका विरामीलाई शारीरिक सम्वन्धले फाइदा गर्छ
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:३४
मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित सेक्स गर्दा के के फाइदा हुन्छ त्यो यसप्रकार छ ,

♦टाउको दुख्ने
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

♦ब्लड प्रेशर
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।प्रोस्टेट क्यान्सरःनियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।
♦मोटोपनबाट
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।
♦हृदयघातबाट कम खतरा
नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।
♦अनिद्रा
एक अनुसन्धानले के बताएको छ भने सेक्सले राम्रो निद्रा पर्दछ । यौनक्रियापश्चात स्खलित हने ओक्सीटासिनबाट निद्रा राम्रोसंग पर्दछ । राम्रो मस्त निद्राबाट मानिसको स्वास्थ्यमा सकारात्मक फाईदा पुगेको हुन्छ । राम्रो निद्रा परेमा शारीरिक वजन र रक्तचाप नियन्त्रणमा सहयोग मिल्दछ ।
♦क्यान्सर
युरोलोजी इन्टरनेशनलको ब्रिटिश पत्रिकामा छापिएको एक प्रतिवेदन अनुसार सेक्सले पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । प्रतिवेदनका अनुसार जो मानिस तीस वर्षभन्दा कम उमेरका छन् उनिहरुलाई सेक्सबाट भविष्यमा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । तीस वर्ष माथिका पुरुषहरुमा नियमित यौनक्रियाबाट प्रोस्टेट क्यान्सरको डर कम हुन्छ ।




प्रतिकृया