• १२ असोज २०८३, सोमबार
  • ६ः४८ बेलुका

विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने : छलफल सुरु

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार १०:३०

काठमाडौँ : कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने

National Life

भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरेको हो ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।

 

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।

 

बोर्डिङ स्कुलहरुको छाता संस्था प्याब्सनले भने सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउँदै आएका छन् ।

प्रतिकृया