• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

सरकारले ल्याएको बजेट विभेदकारी रहेको दाबी:नेता महतो

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०१:२७

नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दाबी पनि गर्नुभयो ।
५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उहाँको तर्क छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भीर आरोप लगाउनु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप पनि लगाउनुभयो । उहाँले जनताकहाँ निर्वाचनका बेला गरिएको सहमतिअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको पनि बताउनुभयो ।

Kamana Sewa

नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजना बाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरे पनि त्यसअनुसार काम हुन नसकेको पनि प्रकास पार्नु भयो ।

Classic Tech Desktop

प्रतिकृया