विद्युत् प्राधिकरणमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न माग : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ०१:३१
काठमाडौं । पुर्वमन्त्री तथा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणमा भएको आर्थिक अनियमितता बारे छानबिन गर्न माग गर्नुभएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गका राम्रा कामको सधै समर्थन गरेका र गलत गरेको भए अख्तियारले छानबिन गर्नुपर्ने बताउनुभएको हो् ।
प्रतिनिधि सभाको आज बसेको बैठकको शून्य समयमा सांसद बस्नेतले संसदको लेखा समितिको बैठकमा केही विषयमा प्रश्न उठाउँदैमा सांसद अमनलाल मोदीविरुद्ध तल्लो स्तरमा गालीगलौज गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

यसैगरी केही दिन अगाडि लेखा समितिको बैठकमा कुलमान र सांसद मोदीबीच भनाभन भएको थियो ।

माननीय अमनलाल मोदीले सार्वजनिक लेखा समितिको बैठकमा विद्युत् प्राधिकरणको ९ अर्ब बक्यौताको बारे प्रश्न उठाउनुभयो । त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट आएको २२५ मेगावाट विजुली प्रयोग गरेपनि नगरेपनि ६ दशमलव ६८ पैसा आईसी तिर्नुपरेकोबारे प्रश्न उठाउनुभयो । यो प्रश्न उठाएपछि केही मिडिया र सामाजिक सञ्जालमा तल्लो स्तरमा गाली गरियो ।
कुलमानले मलाई घेराबन्दी गरियो र अनेक आरोप लगाइयो भनेको पनि सुनियो । कुलमानजीले गरेका राम्रा काममा हामी सबैको साथ, सहयोग र समर्थन छ । माननीय अमनलाल मोदीजीले उठाउनुभएको विषय गम्भीर छ । यसमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीहरूलाई कारवाही गर्ने उहाँले बताउनुभयो ।




प्रतिकृया