• २३ भदौ २०८३, मंगलबार
  • १ः४४ दिउँसो

नेयमार द्वारा महिलाको बलात्कार गरेको आरोप अस्वीकार

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १२:४३

ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले पेरिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्।

National Life

प्रहरीका अनुसार दायर गरिएको उजुरीमा एक महिलाले पेरिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी थिइन्। नेयमार फुटबल क्लब पेरिस सेन्ट (पीएसजी) का लागि खेल्छन्।

नेयमारको व्यवस्थापनले एउटा विज्ञप्ति जारी गर्दै उनले आरोपलाई “पूर्ण रूपमा अस्वीकार“ गरेको जनाएको छ। नेयमार अहिले कोपा अमेरिकाका लागि ब्राजिलमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्दैछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीको दस्तावेजअनुसार नाम नखुलाइएकी ती महिला र नेयमारबीच सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत चिनचान भएको थियो र नेमारले पेरिसमा उनलाई भेट्न बोलाएका थिए।
ती महिलालाई ब्राजिलबाट फ्रान्सका लागि उनले हवाई टिकट उपलब्ध गराएका थिए भने पेरिसस्थित एउटा होटलमा कोठा पनि लिइदिएका थिए। गत मे महिनाको १५ तारिखमा नेयमार होटल आइपुग्दा उनले मदिरा सेवन गरेको “स्पष्ट रूपमा“ देखिएको ती महिलाको आरोप छ।
कुराकानी र अङ्कमालपछि नेयमार “आक्रामक भए र हिंसात्मक रूपमा पीडितको इच्छाविपरीत शारीरिक सम्बन्धमा सक्रिय भए“, प्रहरीको दस्तावेजमा भनिएको छ।

घटनाबारे फ्रान्सेली प्रहरीमा कुनै उजुरी नै नगरी त्यसको दुई दिनपछि ती महिला ब्राजिल फर्किइन् किनकि “उनी भावानात्मक रूपमा विचलित भएकी थिइन् र प्रदेशमा उजुरी गर्न डराएकी थिइन“ प्रहरीको दस्तावेजमा उल्लेख छ।

प्रतिकृया