• २५ भदौ २०८३, बिहीबार
  • ११ः०३ राती

अनलाइनबाट औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारको निर्देशन

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार १०:१६

काठमाडौं: अनलाइन लगायतका सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ।

National Life

 

अनलाइन फार्मेसीमा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले यस्तो निर्देशन दिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

 

औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको झुट तथा भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न विभागले सूचना जारी गरेको छ।

 

निर्देशन अटेरी गर्नेमाथि कारबाहीसमेत हुने विभागले चेतावनी दिएको छ। विभागमा दर्ता नरहेका अनलाइन फार्मेसीमार्फत्‌ भ्रमात्मक प्रचारप्रसार भएपनि औषधिहरूको सुरक्षित, गुणस्तरीयता तथा प्रभावकारिता सम्बन्धमा सम्बन्धित उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्ने र अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउनसमेत विभागले आग्रह गरेको छ।

विभागले सामाजिक सञ्जाल वा पत्रपत्रिकाहरूमा औषधिहरूको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम विभागबाट पूर्व अनुमति लिनुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको समेत स्पष्ट पारेको छ।

प्रतिकृया